News Portal

नेपाली हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीज लगभग दैलोमा आइपुगिसक्यो भन्दा हुन्छ । तीज नजिकिँदै जादा तीज लक्ष्यित गीतहरूले नेपाली संगीत बजार नै तीजमय भएका छन । कलाकारहरुले विशेषत महिला सर्जक एवं गायिकाहरुले तीज गीत मार्फत चेलीका पिर व्यथाहरु उनेर व्यक्त गर्ने गर्दछन् ।

तीज भनेपछि हामी सबैकाे ध्यान तानिन्छ किनकी  हिन्दु नारीहरुकाे विशेष पर्वका रुपमा परापूर्वक काल देखि नै  स्थापित भई आएकाे छ । त्यति मात्रै  हाेइन तीज त हाम्राे माैलिक परम्परा र संस्कृती पनि  हाे ।  यसअर्थ पनि हामीले यसलाई जाेगाइराख्नुपर्ने हामीमा जिम्मेवारी पनि रहेकाे छ । अब लागाैं वरिष्ठ गायिका शर्मिला गुरुङ्गकाे तीज गीतकाे थाेरै चर्चा तिर । गायिका शर्मिला गुरुङ्ग नेपाली लाेकदाेहाेरी गीत संगीत जगतमा  वरिष्ठ गायिकाकाे रुपमा दर्ज भइसकेकी छिन् । सयाैं लाेकप्रिय एवं सदाबहार गीतमा आफ्नाे आवाज भरिसकेकी गायिका शर्मिला गुरुङ्ग अझै पनि निरन्तर नेपाली लाेकदाेहाेरी गीत संगीतमा उत्तिकै सक्रिय छिन् ।

जब तीज नजिकै आउछ तब गायिका शर्मिलाले तीज विशेष वास्तविक माैलिक गीत लिएर आउने गर्छिन् ।  हरेक वर्ष तीज मर्म र संस्कृतीकाे जगेर्ना गर्दै सृजना भएर आउने शर्मिलाका गीतमा वास्तविक तीज झल्किन्छन् । यस वर्ष पनि शर्मिला गुरुङ्गले ‘रानी’ नामक तीज गीत लिएर आएकी छिन् । आफ्नाे एकल आवाज एवं लयमा उनले गीत बजारमा लिएका हुन्  । गीतमा शब्द रेम गुरुङ्गले सृजना गरेका हुन् । बिबि अनुरागीकाे संगीत संयाेजन, श्याश्‍वेत रसाइलीकाे‍ मिक्सिङ्ग, कमल थापाकाे रेकर्डिङमा तयार भएकाे यस गीतकाे अडियाे रेकर्ड प्रिज्म स्टुडियाेमा गरिएकाे हाे । प्रकाश भट्टकाे भिडियाे निर्देशन, राजेश घिमिरेकाे छायांकन र विष्णु शर्माकाे भिडियाे सम्पादन रहेकाे यस गीतकाे म्युजिक भिडियाेमा गायिका शर्मिला सहित अन्य कलकारहरुकाे उपस्थिती रहेकाे देखिन्छ  । वास्तविक तीज गीतलाई हाम्राे तर्फबाट शिखर सफलताकाे शुभकामना ।

गीतकाे भिडियाे 

२०४ पटक
प्रतिकृया दिनुहोस्