News Portal

पिरकाे नयाँ कीर्तिमानी एक हप्तामै एक कराेड भ्युज

गाेविन्द अनेकचैत ५ काठमाण्डाैं
१०६८ पटक
चैत ५ काठमाण्डाैं

कलाकार प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले नेपाली सांगीतिक जगतमा नयाँ उचाइ कायम गरेकाे छ ।  सार्वजनिक भएकाे एक हप्तामै युटुबमा एक कराेड पटक हेरिएकाे उक्त गीत नेपाली गीत संगीतकै पहिलाे हाे । सार्वजनिक भएपछि गीत निकै चर्चाको विषय बनेको छ।

माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवन र फेरिएकाे माओवादी आन्दाेलन र नेतृत्वका विषयमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन् ।

माओवादी कर्ताकर्ताले यसकाे खुलेरै विराेध गरे भने अधिकांशले यस गीतले वास्तविकता बाेलेकाे र गल्ती गर्नेहरुकाे निम्ति सच्चिने माध्यका रुपमा गीत आएका भन्दै कलाकार सपूतलाई बधाई तथा शुभकामना दिइरहेका छन । गीतका विषयमा नेकपा एमाले अध्यक्ष केपि वलीले पनि प्रशंसा गरेका छन त्यसै पूर्वप्रधान्त्री बाबुराम भट्टराई पूर्व माओवादी नेता तथा मन्त्री लाेक विष्ट मगरले पनि यसकाे विषयमा सकारात्मक प्रतिक्रिया दिइसकेका छन । नेता विष्टले पत्रकार रवि लामिछाने संग सिधा कुरा मार्फत कुराकानी गर्दै प्रकाश सपूतकाे पिर गीतले पूर्व माओवादीहरुलाई एकपट आफ्नाे अनुहार एेना हेर्न सुझाएकाे बताए । प्रकाशका विषयमा माओवादी केन्द्रवाट विराेध आयाेनी भन्ने विषयमा उनले जवाफमा प्रकाशलाई गाली गर्न तिर नभएर माओवादी नेता कार्यकर्तालाई एकपटक विगत फर्केर हेर्न आग्रह समेत गरे ।

गीतकै विषयमा प्रतिक्रिया दिदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले याे गीतकाे विषयलाई लिएर आवेगमा आइहाल्नुपर्ने कुनै कारण नभएकाे बताएका थिए साथै उनले पत्रकार राजेन्द्र बाँनिया संग यक्ष प्रश्‍नमा कुराकानीका सन्दर्भमा बाेल्दै जनयुद्धका विभिन्न आयामहरु भएकाले यसलाई हेर्ने दृष्टिकाेण पनि विभिन्न काेणबाट आउने हुदाँ एउटा काेणबाट आएकाे कलाकारकाे सृजनालाई लिएर आवेगमा नआउन सबैलाई अनुराेध समेत गरे ।

विवादका विचमै प्रकाशकाे उक्त गीतले नयाँ सफलता पनि हात पारेकाे हो।  फागुन २७ गतेकाे राति सार्वजनिक गरिएकाे गीतकाे भ्युज याे समाचार तयार पार्दासम्म १ कराेड १ लाख ८६ हजार भन्दा बढी रहेकाे छ ।

गीतमा स्वर प्रकाश सपूतकाे रहेकाे छ भने सहयाेगी गायिकाकाे भूमिकामा गायिका सम्झना भण्डारी रहेकी छिन । गीतकाे शब्द संगीत प्रकाशकै रहेकाे छ भने निर्देशन र कथा पनि उनकै हाे । भिडियाेमा प्रकाश सपूत, सुरक्षा पन्त, केशु पुन केशरी, लाेकेन्द्र लेखक, पुष्पा अवस्थि ,विशाल घिमिरे र बाल कलाकार प्रविष्टि वि‍क‍ लगायतले अभिनय गरेका छन ।

प्रतिकृया दिनुहोस्