News Portal

सरकारको निर्णय, शनिबार र आइतबार सार्वजनिक बिदा

फरकपोस्ट संवाददाताबैशाख १४ काठमाडौँ
१५०३ पटक
बैशाख १४ काठमाडौँ

नेपाल सरकारकाे मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । हाललाई यो निर्णय परीक्षणको रुपमा कायम रहनेछ ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ ।

हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको छ । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय भने बढेको हो ।

प्रतिकृया दिनुहोस्