News Portal

यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा होटल संचालकसहित तीन जना पक्राउ ।

फरकपोस्ट संवाददातासाउन ९ काठमाडौं
६१८ पटक
साउन ९ काठमाडौं

दाङको घोराही बसपार्कमा रहेको दाजुभाइ होटलमा यौन धन्दा हुनेगरेको पाइएको छ । २० वर्षीय किशोरीलाई यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा दाङ प्रहरीले होटल संचालकसहित तीन जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रसाद काफ्लेका अनुसार उक्त होटलमा ग्राहकसँग रकम लिएर यौन क्रियाकलाप भएको खुल्न आएको हो ।

२० वर्षीय किशोरीलाई बाध्य पारी यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर बस्ने अन्दाजी ५० बर्षका इन्द्र बहादुर केसी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ घर भई घोराही बसपार्कमा दाजुभाइ होटल सञ्चालक ३६ वर्षका झमन विक र घोराही उपमहानगरपालिका १० बस्ने ४२ वर्षकी सिता विकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ईन्द्र बहादुर केसीले समान्य चिनजानको आधारमा शुरुमा आफैले २० वर्षीय युवतीसँग शारीरिक सम्पर्क गर्ने गरेको र पछि होटलमा लगेर ग्राहकसँग लगाउने गरेको पाइएको डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । ‘आफूले पनि शारीरिक सम्पर्क गर्ने र होटलमा पनि लैजाने गरेको पाइएको छ’ डीएसपी रिजालले भन्नुभयो, ‘ग्राहकसँग मोटो रकम लिएर केही किशोरीलाई दिने र धेरै आफै राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’

उहाँका अनुसार पीडितले जाहेरी दिएपछि घटना बाहिर आएको हो । ‘पीडितले जाहेरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएका छौं, अदालतबाट म्याद थपेर थप अनुसन्धान गर्दै छौं’ उहाँले भन्नुभयो, ‘अनुसन्धान जारी छ ।’
अहीले मानव बेचविखन तथा ओसारपसार कसुरमा म्याद थप गरेर आवश्यक अनुन्सन्धान भइरहेको प्रहरीको भनाई छ । मानव बेचविखन तथा ओसार पसार मुद्दामा दोषी ठहर भए १५ देखि २० वर्ष सम्म कैद र १ देखि २ लाख रुपैयाँ सम्म जरिवानाको कानुनी व्यवस्था छ । नयाँ युगबोध

प्रतिकृया दिनुहोस्