News Portal

महेश बस्नेतलाई बालेनको प्रश्न– तपाईंको घरको नक्सा पास छ नि ?

फरकपोस्ट संवाददाताभदौ १० काठमाडौं
१००० पटक
भदौ १० काठमाडौं

अल्फाबिटामा डोजर लागेपछि कडा प्रतिक्रिया जनाएका महेश बस्नेतलाई बालेनको प्रश्न– तपाईंको घरको नक्सा पास छ नि ?
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् । यसैक्रममा बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काए ।

सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएपछि बालेनले पनि फेसबुकमै जवाफसहित प्रश्न गरेका छन् ।

बस्नेतले फेसबुकमा बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? भन्दै प्रश्न गरेका छन् भने नक्सा पासअनुसार घर निर्माण नगरेको भएर वा हामीसँग नजिक भएर या फोटो लिएको कारण ? भन्दै प्रश्न गरेका छन् । साथै बस्नेतले लेखेका छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान नै। दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ ।’

बस्नेतले फेसबुकमा अल्फाबिटा कम्प्लेक्सका घरधनीसहितको तस्वीरसमेत पोस्ट गरेका छन् । सोही पोस्टमा कमेन्ट गर्दै बालेनले पहिलो कारणअनुसारै अवैध संरचना भत्काइएको उल्लेख गर्दै तपाईँको घरको नक्सा पास छ कि छैन भनेर प्रश्न गरेका छन् । शिलापत्र

प्रतिकृया दिनुहोस्