News Portal

रोल्पाका ३ गाउँपालिका अध्यक्ष निर्वाचन आयोगको कारबाहीमा, यस्ताे छ कारण

फरकपोस्ट संवाददाताअसाेज ४ काठमाण्डाैं
२५७ पटक
असाेज ४ काठमाण्डाैं

रोल्पा जिल्लामा निर्वाचित भएका ३ वटा गाउँपालिकाका अध्यक्ष कारबाहीमा परेका छन् । निर्वाचन आयोगले चुनाव खर्च विवरण नबुझाएको भन्दै जनही ३ लाख ५० हजार रुपैयाँ जरिमाना गरेको छ ।

कारबाहीमा पर्नेमा थवाङ गाउँपालिकाका अध्यक्ष ऋषि केशव बुढामगर र उपाध्यक्ष सर्मिला बुढामगर, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापा र सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन र उपाध्यक्ष ननकला घर्ती कारबाहीमा परेका हन्।

त्यस्तै गंगादेव गाउँपालिका उपाध्यक्ष अमृताकुमारी केसीलाई पनि निर्वाचन आयोगले कारबाही गरेको छ । स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भइ कानुन बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउनेहरू उपर आयोगले भदौं ५ गते सूचना जारी गर्दै ७ दिनभित्र चुनावी खर्चको विवरण नबुझाएकोबारे स्पष्टिकरण पेश गर्न भनेको थियो ।

तर सूचना जारी भएपछि आएका स्पष्टीकरणको व्यहोरा चित्त बुझ्दो नदेखिएको र सो अवधिभित्र स्पष्टीकरण पेश नगरेको तथा ढिलो गरी स्पष्टीकरण पेश गरेको भन्दै देशै भरका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई ३ लाख ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको थियो ।

जसमा रोल्पाबाट निर्वाचित अध्यक्ष र उपाध्यक्षले समेत खर्चको विवरण नबुझाएको पाइएको छ । पराजित भएको धेरै जसो अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले आयोगमा खर्चको विवरण नबुझाएको पाइएको छ ।

प्रतिकृया दिनुहोस्