News Portal

दाङमा जंगलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला

सुरेश राेका मगर असाेज ३० दाङ
५८६ पटक
असाेज ३० दाङ

दाङ, ३० असोज
दाङमा जंगलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले शव निकाल्न थालिएको जानकारी दिएका छन् । प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरु बेपत्ता भएका थिए । डिएसपी मल्लले असोज २८ गते आचार्यको हजुरआमा आएर प्रहरीमा नाती हराएको भन्दै खोजी गरिदिन आग्रह गरेका थिए ।

घर परिवारले सुरूमा उनीहरु प्रेममा परि भागेको हुनसक्ने आशंका गर्दै आएका थिए । मल्लका अनुसार उनीहरुको हत्यापछि कसैले खाडलमा गाडेको हुनसक्ने बताएका छन् ।

उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए । अधिकारी दमार गाउँमै मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए ।
उनका आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको डिएसपी मल्ले बताए। जंगलमा वस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि नियालेर हेर्दा खाडलमा गाडेको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ मिटर दक्षिणमा र प्रहरी चौकी कौवापुरको केही पूर्वतर्फ रहेकाे छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्