
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा कपिलवस्तुमा १८ सय बिरुवा रोपिएको छ ।
कपिलवस्तुको शिवगढी क्षेत्र र बन्दै गरेको नेकपाको केन्द्रीय कार्यालय परिसरमा विभिन्न प्रजातिका झण्डै १८ सय विरुवा रोपिएको केन्द्रीय कार्यालय सचिव असलले जानकारी दिएका छन् ।
नेकपाले शिवगढीमा केन्द्रीय कार्यालय निर्माण यसअघि नै सुर गरिसकेको छ । गत फागुनमा सरकार संग तीन बुँदे सहमति गरेर खुल्ला भएका विप्लवको धेरैजसो समय जनश्रम र जनताको बीचमा बिताउने गरेका छन । संसदवादी नेताहरू सरकार, सत्ता र पदको लडाइँमा लिप्त भइरहेको बेला विप्लव जनताको बिचमा सक्रिय छन् ।
शिवगढीमै नेकपाले जनस्वास्थ्य केन्द्र पनि निर्माण सुरु गरिसकेको छ । महासचिव ‘विप्लव’ले गत वैशाख १ गते शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलन्यास पनि गरेका थिए ।
भवनको शिलन्यासपछि महासचिव विप्लवले जनताकै सहभागिता र लगानीमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न लागिएको जानकारी गराए ।
कार्यालय निर्माण समितिको इन्चार्ज सञ्जिवलाई बनाइएको छ भने अध्यक्ष नन्दलाल पुरी रहेका छन् । शिवगढी क्षेत्र र सोही कार्यालय परिसर वरपर विप्लवको नेतृत्वमा बृक्षारोपण गरिएको नेकपाले जनाएको छ ।