News Portal

रजतपटले मेरो चरित्र हत्या गर्न खोज्यो : गरिमा शर्मा

फरकपोस्ट संवाददाताअसार २५, काठमाडौं
५८२ पटक
असार २५, काठमाडौं

मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम रजतपट र त्यसको प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानुनी उपचार खोज्ने बताएकी छन । आफू र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका अंशहरु तानेर टेलिभिजनमा सामाग्री प्रसारण गरेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप प्रस्तोता सुवेदीलाई लगाएकी छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै शर्माले असार २४ गते एपिवान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रममा आफ्नो बिषयमा अतिरञ्जित र भ्रमपूर्ण रिपोर्ट प्रसारण गरेको भन्दै गम्भिर आपत्ति जनाएकी छन् । रजतपट कार्यक्रममा चरित्र हत्या गरिएकोप्रति मेरो गम्भिर आपत्ति ! भन्दै उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘उक्त सामाग्री तयार गर्नुअघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसँग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्यतथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी वदनियतपूर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महशुस गरेको छु’ उनले विज्ञप्तीमा अगाडि भनेकी छन्– ‘तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउनु चाहन्छु ।’ उनले विज्ञप्तीको अत्यमा भ्रामक र बदनियतपूर्ण समाचारमा विश्वास नगर्न समेत सबैलाई आग्रह गरेकी छन् ।

प्रतिकृया दिनुहोस्