News Portal

एमाले एकता घोषणाको तयारी भइरहदा प्रचण्ड किन पुगे कोटेश्वर ? यस्तो छ कारण

फरकपोस्ट संवाददाताअसार २६, काठमाडौं
५०९ पटक
असार २६, काठमाडौं

नेकपा एमाले एकता घोषणाको लगभग अन्तिम चरणमा पुगेका बेला नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भइरहेको छ । दाहाल–नेपाल बीच शंकास्पद भेटवार्ता भएपछि एकता भाँडिने आशंका एमालेजनमा पैदा भएको छ ।

बिहान करिब साढे ११ बजेदेखि कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको विशेष स्रोतले जानकारी गराएको छ । एमाले विवाद समाधान कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच भएको यो भेटले नयाँ तरंग फैलिएको छ ।

एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएर अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्