News Portal

विप्लव नेकपाको सचिवालय बैठक सम्पन्न : यस्ता छन निर्णयहरु

फरकपोस्ट संवाददाताअसार ३१ काठमाडौं
११०४ पटक
असार ३१ काठमाडौं

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक बुधबार सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न उक्त पार्टीको सचिवालयको बैठकमा अघिल्लो सरकारसंग भएको तीनबुंदे सहमती वर्तमान सरकारले स्वीकार्नु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा छलफल भएको नेकपा स्रोतले बताइएको छ । यो संगै पछिलो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसंग संवाद र छलफललाई गति दिने निर्णय गरेको छ ।

त्यस्तै कोभिड बिरुद्धको खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउनु पर्ने, संक्रमितको उपचार निशुल्क र सर्वसुलभ गराउनु पर्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई तत्काल जोखिमभत्ता उपलब्ध गराउनु पर्ने बिषय सरकारसमक्ष प्रस्तुत गर्ने वैठकले निर्णय गरेको छ ।

बैठकले जनपरिचालन र जनजागरण अभियान संचालन गर्न, जनसरोकार जनजिबिकाको बिषयमा जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ । त्यस्तै इन्धनमा भएको मुल्यवृद्धी, महंगी, भ्रष्टाचार, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएक समस्या लगायत सुकुम्बासी माथी भएका ज्यादती, जातीयविभेद र छुवाछुत, महिलाहिंसा र बलात्कार लगायतका बिषयलाई लिएर संघर्ष गर्ने निर्णय गरेको हो ।

नेपालको नयाँ नक्सा सम्पूर्ण क्षेत्रमा प्रयोग गर्ने गराउने निर्णय पनि नेकपाको सचिवालय वैठकले गरेको छ । बैठकले पार्टीको मुखपत्रलाई नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गर्ने निर्णय समेत गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्