News Portal

देश पछाडि परेको दलाल संसदीय व्यवस्थाका कारण हो : धर्मेन्द्र बास्तोला

फरकपोस्ट संवाददातासाउन ८ काठमाडौं
७३२ पटक
साउन ८ काठमाडौं

नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले संसदीय व्यवस्था भ्रष्ट व्यवस्था रहेको बताएका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले दलाल संसदीय व्यवस्थाका कारण देश पछाडि परेको बताए । 

संसदीय व्यवस्था तथा निर्वाचन प्रणालीको कारण नै भष्टाचार बढेको उल्लेख गरे । नेता बास्तोलाले प्रधानमन्त्री हुनका लागि संसदीय चुनाव जित्नुपर्ने, आफ्नो पक्षमा पर्याप्त सांसद हुनुपर्ने र आफ्नै पार्टीभित्रको प्रतिस्पर्धीलाई पाखा लगाउन पैसा खर्च गर्नुपर्ने उल्लेख गरे । 

वर्षभरिको देशमा खर्च हुने बजेटको आधा रकम निर्वाचनका लागि खर्च हुने उल्लेख गरे । निर्वाचन प्रणालीका लागि अरबौं रुपैयाँ खर्च हुने बताउँदै यसले नै भष्टाचार गर्ने प्रणालीलाई मलजल गरेको उल्लेख गरे । 

सबै राजनीतिक दलका नेताहरुसँग आफ्नो दलले छलफल गरेको भन्दै सबैको चिन्ता देश नबनेकोमा रहेको उल्लेख गरे । तर किन देश अघि बढ्ने भन्नेमा सबै घोत्लिन नसकेको बताए ।  संसदीय व्यवस्थाका कारण देश अघि बढ्न नसकेको नेता बास्तोलाले बताए । नेपाली जनताको हातमा राज्य प्रणाली नरहेको बताउदै दलाल पुँजीपतिको हातमा राज्यसत्ता पुगेको उल्लेख गरे । 

नेपालको अहिलेको राजनीतिक व्यवस्था नै भष्टाचार गर्ने रहेको बताउँदै यसलाई तोड्न आवश्यक रहेको बताए । ३ पटक सांसद र मन्त्रीको आश्वासन पाएको बताउदै यो तरिकाले देश बन्दैन भन्दै आफूले अस्वीकार गरेको बताए ।सबै राजनीतिक दलका नेताहरुलाई दलाल संसदीय व्यवस्थाको अन्त गर्दै नयाँ वैज्ञानिक समाजवादी व्यवस्थाका लागि अघि बढ्न आग्रह गरे समेत बास्तोलाले गरेका छन ।

प्रतिकृया दिनुहोस्