News Portal

लुम्बिनी सरकार ढाल्ने मुख्य पात्र विमला वलीको चुम्वन गरेको तस्वीर भाइरल

फरकपोस्ट संवाददाताभदौ १ काठमाडौं
७०९ पटक
भदौ १ काठमाडौं

लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमाले र माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ । बस्नेत स्वयम्‌को फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो ।

तस्वीरमा सांसद विमलाले बस्नेतलाई चुम्वन गरेकी छन् । विमलाको सिउँदोमा सिन्दूरसमेत रंगिएको छ । तस्बिरले उनीहरूबीच विवाह भइसकेको चर्चालाई बल पुर्‍याएको छ ।

विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो । यसअघि बस्नेतसँगको घनिष्ट सम्बन्धकै कारण विमला माओवादीको सम्पर्कमा पुगेको र उनले ऋण तिर्न पैसा लिएको बताइएको थियो ।

वाईसीएल कार्यकर्ता बस्नेत भने उक्त तस्वीर कसरी आफ्नो फेसबुकमा देखियो भन्नेमा अनभिज्ञता दर्शाउँछन् । उनले आफूहरूबीच बिहे भएको वा नभएको बारे प्रष्ट बताउन चाहेनन् । वाईसीएल नेता बस्नेत पनि विवाहित हुन् । उनको फेसवुक स्टोरीमा पोस्ट भएको तस्बिर अहिले हटाइएको छ । यस विषयमा सांसद वलीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क भएन् ।

केहि दिनअघि मात्र पनि लुम्विनी प्रदेशका मुख्यमन्त्री कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको भिडियो सार्वजनिक भएको थियो । मुख्यमन्त्री कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर माओवादी कार्यकर्ताहरु कार्यालयमै नाचगान गर्दै टिकटकमा मस्त बन्न थालेपछि चौतर्फी आलोचना भएको थियो। उक्त टिकटक काण्ड सेलाउन नपाउदै लुम्बिनी प्रदेशकमा अर्को काण्ड बाहिर आएको छ । ओहो खबर बाट

प्रतिकृया दिनुहोस्