फरकपोस्ट संवाददाताभदौ १८ काठमाडौं

दैलेखमा १९ वर्षीया किशोरीलाई नेपाली कांग्रेसले वडा समिति सभापतिमा निर्वाचित गरेको छ । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् ।
स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो ।