News Portal

संगीतकार बिबि अनुरागीको मर्मस्पर्शी दशैं गीत “उड्ने पिलेन” सार्वजनिक

फरकपोस्ट संवाददाताअसोज १८ काठमाडौं
१९६७ पटक
असोज १८ काठमाडौं

बडा दशैंको माहोल नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा दशै तिहार विशेष गीतहरु सार्वजनिक भइरहेका छन । हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहारमा नेपाली समाजको वास्तविकता झल्किने कथा व्यथामा तयार पारिएका वियोगान्त संगै रोमान्टिक गीतहरू बजारमा छ्यापछ्याप्ती भित्रिरहेका छन ।

यसै सन्दर्भमा बरिष्ठ संगीतकार बिबि अनुरागीकोे “उड्ने पिलेन” नामक मर्मस्पर्शी नयाँ दशैं गीत शुक्रबार सार्वजनिक भएको छ । बिबि अनुरागी अफिसियल युटुब च्यानल मार्फत आएको गीतमा स्वर बिबि अनुरागी, टिका पुन, बाल गायिका आयुषा गौतम र शान्ति भुसालको रहेको छ भने शब्द संगीत सृजना बिबि अनुरागीले नै  गरेका हुन ।

गीतमा नेपाली समाजको वास्तविकता झल्काउने प्रयत्न गरिएको देख्न सकिन्छ । रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुको कथा बोलेको यस गीत अत्यन्तै मर्मस्पर्शी बनेको गीतको श्रव्य दृश्य सामाग्रीमा सुन्न र देख्न सकिन्छ ।

म्युजिक भिडियोको निर्देशन स्वंम आफैं बिबि अनुरागीले गरेका छन । म्युजिक भिडियोमा बिबि अनुरागी,टिका पुन, आयुषा गौतम, शुकुराम रसाइली, शिक्षा रसाइली, सर्जक रसाइली लगायतका कलाकारहरुले जीवन्त अभिनय प्रस्तुत गरेका छन । म्युजिक भिडियोलाई मिराज अर्यालले छांयाकन एवम् सम्पादन गरेका छन ।

गीतको रेकर्डिङ प्रिजम डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो । गीतको रेकर्डिङ कमल थापा, किरण बिक, गोविन्द अनेकले गरेका हुन भने मिक्सिङ शुकुराम रसाइली र मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन । वास्तविक दशैं गीत बनेर आएको यस  गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना ।
भिडियो

प्रतिकृया दिनुहोस्