News Portal

नेपाल कम्युनिस्ट पार्टी चुनावमा भाग लिदैन : सुदर्शन

फरकपोस्ट संवाददाताचैत २० काठमाण्डाैं
१०१९ पटक
चैत २० काठमाण्डाैं

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा दार्शनिक नेता सुदर्शनले नेपाल कम्युनिस्ट पार्टी चुनावमा भाग नलिने बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण कार्यक्रममा सहभागी तीन सय बढी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता सुदर्शनले आवश्यकता परेमा एमसीसीविरोधी, जनपक्षीय, देशभक्त उम्मेदवारलाई स्वतन्त्र रुपमा समर्थन मात्र गर्न सकिने तर त्यो पनि अनिवार्य नभएको धारणा पनि राखेका छन । मुख्य त दलाल संसदिय ब्यवस्थाको निर्वाचनमा सहभागी नबन्ने कुरा नै मुख्य रहेको बताएका छन ।

नेता सुदर्शनले भने, ‘चुनावमा भाग नलिने, भण्डाफोर गरेर जाने नै प्रधान पहल हो ।’ पार्टीका नेता–कार्यकतालाई दलाल पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्ति सम्पन्न गर्ने कार्यक्रममा निराशा होइन, आशावादी बनेर जनतामा जान र विजयभाव सम्प्रेषण गर्न पनि उनले आह्वान् गरे । दलाल पुँजीवादी शक्तिहरुले षड्यन्त्रपूर्ण रुपले सदनबाट राष्ट्रघाती एमसीसी पारित गरे पनि जनताको बलमा देशभक्तहरुलाई केन्द्रिकरण गरेर एमसीसी असफल बनाइदिनुपर्ने नेता सुदर्शनले बताए ।

प्रतिकृया दिनुहोस्