फरकपोस्ट संवाददाताबैशाख ५ प्यूठान

प्यूठानको सरुमारानीमा गाउँपालिका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले चुनावी गठबन्धन गर्ने निश्चित गरेका छन । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त बक्तव्य सार्वजनिक गरि विभिन्न पदको भागवण्डा समेत गरेका छन ।
गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ । त्यस्तै वडाहरुमा माओवादी केन्द्रलाई ४ वटा,कांग्रेसलाई १ वटा र एकीकृत समाजवादीलाई १ वटा वडाको नेतृत्व पाएका छन ।
दलहरुबिच वडाअध्यक्ष जुन पार्टीको छ त्यसै पार्टीको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति समेत गरेका छन ।