
लाेकप्रिय गायिका शान्ता रानी परियार र ईश्वर सिंहकाे आवाजमा रहेकाे माैलिक पञ्चेबाजा गीत ‘शिरफूल शिरकाे’ सार्वजनिक भएकाे केही घण्टामै टिकटकमा भाइरल बनेकाे छ । गीत हिजाेमात्र गायिका शान्ता रानी परियारकाे अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएकाे हाे । गायक तथा सर्जक रविन लामिछानेको माैलिक शब्द तथा गायक ईश्वरकाे संगीत रहेकाे यस गीतकाे एरेन्ज कृष्ण केसीले गरेका हुन भने रेकर्डिङ वान डिबी स्टुडियाेमा रेकर्ड गरिएकाे हाे ।
गीतमा दुई फरक ठाउँमा बस्ने प्रेम जाेडीहरुकाे कथालाई निकै सुन्दर ढंगले रचनाकार लामिछानेले प्रस्तुत गरेका छन । म्युजिक भिडियाे निर्देशन विनोद भण्डारीले गरेका छन भने अभिनयमा विनोदलाई नारायणी खत्रीले साथ दिएका छन । नवराज उप्रेतीकाे छायाँकन रहेकाे यस म्युजिक भिडियाेकाे सम्पादन मनाेज कार्कीले गरेका हुन । सुनिरहुँ लाग्ने माैलिक पञ्चेबाजा गीत ‘शिरफूल शिरकाे’ सम्पूर्ण परिवारलाई थप सफलताकाे शुभकामना ।
भिडियाे :