News Portal

चर्चित गायिका पूर्णकला बिसीकाे आवाजमा हरर महादेव

फरकपोस्ट संवाददाता
५६७ पटक

लाेकप्रिय गायिका पूर्णकला बिसीकाे आवाजमा नयाँ तीज गीत हर ‘हरर महादेव’ सार्वजनिक भएकाे छ । गायिका पूर्णकला बिसीले आफ्नाे अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक गरेकी छिन । गायिका बिसीलाई आवाजमा बलु बिसीले साथ दिएका छन । टुरिष्ट जंग बिककाे शब्द भद्र वलीकाे संगीत रहेकाे यस गीतमा एरेन्ज पनि भद्र वलीकै रहेकाे छ । मालश्री स्टुडियाेमा रेकर्ड गरिएकाे यस गीतकाे मिक्सिङ्ग खड्क बाजुरालीले गरेका हुन ।

विक्रम चाैहानकाे निर्देशन, प्रकाश खड्काकाे छायांकन तथा एलेक्स चाैहान लक्ष्मणकाे भिडियाे सम्पादन रहेकाे छ । म्यूजिक भिडियाेमा सहिल बिसी र बर्षा परियारकाे नृत्य रहेकाे छ । गीतले सबैकाे मन जिताेस् हाम्राे तर्फबाट पनि धेरै धेरै सफलताकाे शुभकामना ।

भिडियाे :

 

प्रतिकृया दिनुहोस्