News Portal

भागिरथको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश

फरकपोस्ट संवाददातासाउन २४ काठमाडौं
६४४ पटक
साउन २४ काठमाडौं

दर्शक श्रोताले अत्यधिक रुचाएको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ । गीतलाई भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले गाएका छन् । गीतमा शब्द बोम बहादुर गाहा मगर र  संगीत भागिरथले नै सृजना गरेका हुन् । तीजलाई लक्ष्यित गरेर केही समय अगाडि मात्रै सार्वजनिक गरिएको थियो ।

यस वर्ष बजारमा सार्वजनिक तीज गीत मध्ये यो पहिलो करोड क्लबमा प्रवेश गरेको गीत बनेको छ।

युट्युबमा अधिकांश दर्शक श्रोताले असाध्यै सकारात्मक प्रतिक्रिया दिएका छन् । युटुबमा मात्र नभएर गीत टिकटकमा पनि असाध्यै चर्चामा रहेको छ ।  गीतमा समावेश गरिएका विभिन्न शब्दहरुमा थुप्रै भिडियोहरु बनेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा गायक भागिरथसँगै मोडल गीता ढुंगानाको अभिनय तथा नृत्य देख्न सकिन्छ ।
गीतमा बोमबहादुर गाहा मगरको शब्द, भागिरथकै संगीत रहेको छ भने विनोद बाजुरालीको एरेन्ज गरेका हुन ।
गीतले नसोचेको सफलता र दर्शकको यस्तो अपार माया पाउँदा निकै  खुशी लागेको गायक चलाउनेले बताएका छन् । गीत भागिरथले आफ्नो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

गीत यहाँसम्म पुर्‍याउन श्रोताको दर्शकको माया र साथ महत्त्वपूर्ण भएको भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् ।

सन्ध्या कँडेलको प्रस्तुति रहेको ‘झमझम झम्काना’लाई राजेश घिमिरेले छायांकन एवं विष्णु घिमिरेले सम्पादन गरेका हुन् ।
भिडियो :

प्रतिकृया दिनुहोस्