News Portal

लोकप्रिय गायिका सम्झना लामिछानेको ‘तिम्रो सम्झना आउँछ छिनका छिन’ सार्वजनिक

फरकपोस्ट संवाददातामंसिर २३ काठमाडौं
१३९९ पटक
मंसिर २३ काठमाडौं

लाेकप्रिय गायिका सम्झना लामिछाने मगरकाे नयाँ गीत ‘तिम्राे सम्झना आउँछ दिनका दिन’ नामक गीत सार्वजनिक भएकाे छ । गीतमा गायिका लामिछाने संगै लाेकप्रिय गायक प्रताप दासले आवाज दिएका छन् । गीतमा शब्द सर्जक नेत्र अर्याल र संगीत ऋषि खड्काले सृजना गरेका छन् ।

श्यामश्वेत रसाइलीको संगीत संयोजन तथा मिक्सिङ्ग मास्टरिङ्र रहेको गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो ।

म्युजिक भिडियोमा गायिका लामिछाने र सुनिल क्षेत्रीले नृत्य प्रस्तुत गरेका छन् । सुनिल क्षेत्रीको निर्देशन, दुर्गा पौडेलको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

गीत सम्झना लामिछाने अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतले सबै खाले दर्शक श्रोताको मन जितोस् शुभकामना ।

प्रतिकृया दिनुहोस्