News Portal

अर्जेन्टिना र क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

पाँच पटकको विश्व बिजेता ब्राजिल र नेदरल्यान्डस् बाहिरिए

फरकपोस्ट संवाददातामंसिर २४ काठमाडौं
२९० पटक
मंसिर २४ काठमाडौं

अर्जेन्टिना र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा पाँच पटकको विश्व बिजेता ब्राजिललाई टाईब्रेकरमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा दुबै टोलीले १–१ बराबरी खेले ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा क्रोएसियाका चार खेलाडीले गोल गर्दा, ब्राजिलका दुइृ खेलाडीले मात्रै गोल गर्न सके । पेनाल्टीमा चुकेसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना पनि अन्तिम चारमा पुगेको छ । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । नेदरल्यान्डस् भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस्