News Portal

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई

फरकपोस्ट संवाददातापुस ३ काठमाडौं
३३५ पटक
पुस ३ काठमाडौं

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वविजेता बनेको हो ।

निर्धारित समय तीन तीन गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । २ पटक अग्रता लिएपनि जोगाउन नसक्दा अर्जेन्टिनाले जितका लागि पेनाल्टीसम्म पर्खनुपरेको थियो ।

८० मिनेटसम्म अर्जेन्टिनाले २ शुन्यले अग्रता लिएको खेलमा फ्रान्सका केलियन एम्बाप्पेले २ मिनेटमा २ गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । त्यसपछि थप भएको समयमा पनि अर्जेन्टिनाले गोल गर्दै अग्रता लिएको थियो । तर, फ्रान्सका एम्बाप्पेले फेरि पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा पुर्याएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

फ्रान्सका एम्बाप्पेले ३ गोल गरे पनि टिमको जितका लागि पर्याप्त हुन सकेन । उनले निर्धारित र थप गरिएको समयमा ३ गोल गरेका थिए । उनले टाइब्रेकरमा पनि थप १ गोल गरे तर २ सहकर्मीको प्रहारले गोलपोष्टको दिशा लिन नसक्दा फ्रान्स पराजित भयो । यससँगै लगातार २ विश्वकप जित्ने फ्रान्सको सपना पूरा हुन सकेन भने विश्वकप जित्ने मेस्सीको सपना पूरा भएको छ । अर्जेन्टिना समग्रमा तेस्रोपटक विश्व विजेता बनेको हो ।

प्रतिकृया दिनुहोस्