News Portal

पाँचथरमा आगलागी हुँदा जलेर दुईजनाको मृत्यु

फरकपोस्ट संवाददातापुस २० पाँचथर
५३३ पटक
पुस २० पाँचथर

पाँचथरमा आगलागीमा परि दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मेघबहादुरका २३ वर्षीय छोरी ममता गुरुङ र २२ वर्षकी बुहारी आशासिंह थेबे रहेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।

आगलागीमा  मेघबहादुर सहित दुईजना घाइते भएका छन् । मेघबहादुर र उनका छोरा विजेन्द्र गुरुङ घाइते भएका छ्न् । “टाउको र खुट्टामा सामान्य चोट लागेको छ । प्राथमिक उपचारपछि उहाँहरू सामान्य हुनुहुन्छ,” प्रजिअ गैरेले बताए ।

पौने १ बजेतिर आगोलागी भएको उनले जानकारी दिएका छन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्