News Portal

देशका संयन्त्रहरु ट्रयाक भन्दा बाहिर : गृहमन्त्री रवि लामिछाने

अब केही दिन भित्रै नतिजा आउने गरी काम हुने

फरकपोस्ट संवाददातामाघ १० काठमाडौँ
२०८ पटक
माघ १० काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशका संयन्त्रहरु ट्रयाक भन्दा बाहिर रहेकाले नतिजाममूखी काम गर्न अप्ठ्यारो भइरहेको बताउनु भएको छ । ठूला दलहरुले देशको संयन्त्र अस्तव्यस्त बनाएको उहाँको आरोप छ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाइ भएको उल्लेख गर्दै अब केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताउनु भयो ।

गृहमन्त्रालय आफ्नो काम र कर्तव्यमा संमवेदनशील हुने बताउनु भयो। आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गर्दै संसदमा एकले अर्कालाई होच्याउने जस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट पनि नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उहाँले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्