News Portal

रवि लामिछाने नेपाली नागरिक होइनन् : सर्वोच्चमा बहस

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको तर्क

फरकपोस्ट संवाददातामाघ ११ काठमाडौँ
१७० पटक
माघ ११ काठमाडौँ

सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको
नागरिकतासम्बन्धी विवादमा सुनुवाई भइरहेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुरुमा रिट निवेदकको तर्फबाट बहस भइरहेको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले ‘एउटा व्यक्तिमा जतिसुकै नेपालीपन होला, नेपाली रगत होला तर सरकारी निकायमा पुग्नुपर्छ, त्यहाँ गएर दस्तखत गर्नुपर्छ, सही छाप गर्नुपर्छ, मागेको विवरण पेश गर्नुपर्छ ।’

त्यो प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने अहिले नेपाली भए पनि नेपाली नागरिक नभएको उनको तर्क छ ।

प्रतिकृया दिनुहोस्