News Portal

अनमोल के.सी. अभिनित चलचित्र ” छड्के २ ” को टिजर रिलिज

आगामी फागुन १९ गते चलचित्र रिलिज हुने

सौगात सिंह माघ १५ काठमाडौँ
२१४ पटक
माघ १५ काठमाडौँ

नेपाली चलचित्र ” छड्के २ ” अनमोल केसीको मूख्य भूमिका रहेको फिल्मको टिजर सार्वजनिक भएको छ। ग्याङस्टार लुकमा देखिएका अनमोललाई ‘ ग्याङ लिडर ’ को रुपमा प्रस्तुत गरिएको छ। अनमोल यस अघि पनि एक्सन अवतारमा देखिएका थिए तर उनले बोल्ने तरिका र अभिनयको भने आलोचना हुँदै आएको छ।

यस पटक भने अनमोलले फिल्म मार्फत् आफूलाई निखार्न खोजेको देखिन्छ। टिजरले ग्रीन ग्याङ्ग र रोयल मनाङ्ग ग्याङबिचको द्वन्द्वलाई पछ्याउँछ। फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय गरेका छन्। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा फिल्म बनेको हो।

छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो। यो फिल्म मनाङ र चितवनमा छायाङ्कन भएको हो। यसको निर्माता प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्। काभ्रे फिल्म्सको ब्यानरमा निर्माण फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलको सहकार्य रहेको छ। यो फिल्म आगामी फागुन १९ गते रिलिज हुँदैछ।
सफलताको अग्रिम शुभकामना ।।।

प्रतिकृया दिनुहोस्