News Portal

बसन्त थापा र देवी घर्तीकाे आवाजमा माैलिक ठाडाे भाका गीत ‘दरम खोला’ सार्वजनिक

गाेविन्द अनेकमाघ २७ काठमाण्डाैं
१९८५ पटक
माघ २७ काठमाण्डाैं

नेपाली लाेक दाेहाेरी गीत संगीत जगतमा लाेकप्रिय संगीतकार गायका रुपमा स्थापित परिचय बनाउन सफल लोकप्रिय गायक एवं सर्जक बसन्त थापाको ‘दरम खोला’ नामक अत्यन्तै माैलिक गीत सार्वजनिक भएकाे छ । बाग्लुङ जिल्लामा प्रचलित ठाडाे भाकाकाे शैलीमा सर्जक थापाले संगीत सृजना गरेका हुन् भने भाका सुहाउँदाे शब्द गीतकार प्रल्हाद सुवेदीले रचना गरेर गीतलाई थप माैलिकता र जीवन दिएका छन्  । गीतमा गायक बसन्त थापालाई स्वरमा सदाबहार लोकप्रिय गायिका देवी घर्ती मगरले साथ दिएकी छिन् ।

एचबिएन किस्मतकाे संगीत संयाेजन र ध्वनी सम्पादनमा रहेकाे यस गीतकाे रेकर्ड वान डिबी स्टुडियाेमा गरिएकाे हाे ।  गीतमा बसन्त थापा सरिता धनकुटा र कृष्णमान श्रेष्ठको माैलिक अभिनय र नृत्य रहेको छ ।

सार्वजनिक भिडियोको निर्देशन/कोरियोग्राफी होम गुरुङ छायांकन राम केसी र सम्पादन बिकाश ज्ञवालीको रहेको छ। भिडियो बसन्त थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लाेपाेन्मुख अवस्थामा रहेका विशेषगरि पश्चिम नेपालमा प्रचलित यी  ठाडो भाकाका गीत निकै लोकप्रिय छन् । लोक साहित्यअन्तर्गतको महत्वपूर्ण विधाका रूपमा स्थापित भएका यी माैलिक र सांस्कृति रुप बाेकेका ठाडाे भाकाका गीतहरु पश्चिमेलीहरुकाे महत्वपूर्ण संस्कृति पहिचानकाे रुपमा दर्ज भएकाे छ ।

लाेक लय साधारण शब्द संगीत र फरक गायन शैलीले गर्दा यी माैलिक ठाडाे भाकाहरुले जाे काेहीकाे मन सजिलै तान्न सक्छ । विशेष पश्चिम नेपालकाे ग्रामिण भेगका स्थानीवासिहरुले थकित मन मस्तिष्कलाई हलुङ्गो बनाउ थकाई मेटाउने माध्यमका रूपमा प्रयाेग गरेकाे पाईन्छ । चाय त्याे चाैतारामा बसेर हाेस्, चाय त्याे कुनै मेलापात, पर्व गाईवस्तु चराउँदा मनोरञ्जनका लागि गाइने भाकाका रुपमा ठाडाे भाका जनजीवनमा निकै लाेकप्रिय छ ।

हराउँन लागेका यस्ता माैलिक संस्कृति र समाजका गीतलाई आजका पुस्ताले अनुसरण गरेर प्रयाेग गरेपछि नै यिनी समाजका सृजनाका बाच्ने हाे ।  यसकारण आजकाे पुस्ताले यी यस्ता समाजका लाेक संस्कृतिलाई प्रयाेग गर्दै जर्गेना गरे यी र यस्ता संस्कृति कहिल्यै मर्ने छैन ।

 

प्रतिकृया दिनुहोस्