News Portal

स्वर्गद्वारी नगरपालिका २ मा एकीकृत घुम्ती शिविर सम्पन्न

जीवन हमाल माघ २९ प्यूठान
४५३ पटक
माघ २९ प्यूठान

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. २ खालमा एकीकृत घुम्ती स्वास्थ्य परिक्षण शिविर शनिवार सम्पन्न भएकाे छ ।  स्वर्गद्वारी नगरपालिकाकाे आयाेजना उक्त घुम्ती शिविर बाल माध्यमिक विद्यालयमा सम्पन्न भएको हाे ।

स्वर्गद्वारी नगरपालिका वडा नः २ का अध्यक्ष बुद्धिराम पुन को अध्यक्षता सुरु भएको कार्यक्रमा प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका उप मेयर मिनराज राना मगर रहेका थिए ।  त्यस्तै  विषेश अतिथिका रुपमा स्वर्गद्वारी नगरपालिकाका प्रशासकिय अधिकृत तुल्सिराम गैरे रहेका थिए भने अन्य अतिथिहरु स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसी, डाक्टर मदिता खत्री  पिएचएल,  डाक्टर सुवास पोख्रेल प्यूठान अस्पतालऽ नगर शिक्षा समिती सदस्य बसन्त खड्का अस्थायी अस्थाई प्रहरी पोस्ट खालका असई टोप बहादुर गिरि लगायत क्रियाशिल राजनिती दलका प्रमुख एवं प्रतिनिधिहरुकाे पनि उपस्थिती रहेको थियो ।

स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर के.सी ले घुम्ती शिविर कार्यक्रमकाे उदेश्यका बारेमा जानकारी गराएका थिए ।   कार्यक्रममा बाेल्दै स्वर्गद्वारी नगरपालिकाका उप मेयर मिनराज रानाले शिविरमा आउनु भएको आमाबुबा,  दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद दिएका थिए ।

बिहान करिब करिव १०ः १५ बाट सुरु भएर  स्वास्थ शिविर साँझ ६ः ०० बजे सम्म सञ्चालन भएकाे गरिएकाे थियाे । स्वास्थ्य शिविरमा  विभिन्न राेगका बिरामीहरुकाे चेकजाँच गर्नका लागि ४ सय ३९ जना सहभागी भएका थिए । कार्यक्रमकाे अन्तिममा समापनमा बाेल्दै वडा अध्यक्ष बुद्धिराम पुनले  शिविरकाे आयाेजना गर्ने नगरपालिका, शिविरमा खटिने डाक्टर र सेवा लिने वडावासि सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै आउँदा दिनहरुमा यस्ता जनमुखी र रचनात्मक क्रियाकलापहरुमा सहकार्यकाे अपेक्षा गर्दै टिका र खादा लगाएर बिदाई गरेका थिए ।

प्रतिकृया दिनुहोस्