News Portal

अशक्त असहायको सारथि बन्दै स्वर्गद्वारी नगरपालिका

गन बहादुर पेस्तोल चैत १३ प्युठान
९५० पटक
चैत १३ प्युठान

प्युठानको स्वर्गद्वारी नगरपालिका प्यूठानले नगरपालिका भित्रका मानसिक रोगिहरूलाई उपचारको लागि काठमाडौ पठाएको छ ।

पहिले पनि यस काममा सफल भएको नगरपालिकाले फेरि पनि वडाहरूको समन्वयमा नगरपालिका भित्र रहेका विभिन्न कारणले उपचार नपाएका तथा गर्न नसकेका मानसिक रोगिहरूलाई उपचार गर्न र उनीहरूलाई सामान्य जीवनमा फर्काउने उद्देश्यको साथ नगरपालिकाले आफ्नै खर्चमा उपचारको लागि काठमाडौ लगेको नगरप्रमुख टेक प्रसाद भण्डारीले बताए।

नगरप्रमुख स्वंयम भण्डारी र नगर उपप्रमुख मिनराज राना मगरले बिरामीहरूलाई काठमाडौ लिएर गएको नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ । साथै स्वर्गद्वारी नगरपालिका ४ का अध्यक्ष सुमन श्रेष्ठ ले यो निकै राम्रो काम भएको र अरु त्यस्तो ब्यक्ति भए लैजाने जानकारी गराउनु भएको छ।
यसभन्दा अगाडि वडा नम्बर १ र वडा नम्बर ५ का रोगिहरूलाई उपचार गरेको थियो। १६ वर्षदेखि घरमै दाम्लोले बाधेर राखेका कोचिबाङको एक बिरामी अब सामान्य जीवनमा फर्किदैछन भने अहिले वडा नम्बर ५ का बिरामी उपचार पश्चात् घर फर्किएर आफ्नो दैनिकीमा फर्की सकेका उपप्रमुख राना मगरले बताए।

अहिले नगरपालिका भित्रका विभिन्न वडा बस्तीका ९ जना बिरामीलाई उपचारको लागि काठमाडौ लगिएको प्रमुख भण्डारीले बताएका छन। देशमा संघीय संरचना लागु भएपछि विभिन्न तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र पर्ने जनतासङ्ग प्रत्यक्ष जोडिएका विषयबस्तुलाई सञ्चालनमा ल्याइरहेको यो समयमा स्वर्गद्वारी नगरपालिकाको पनि यो एक प्रयास हो ।

प्रतिकृया दिनुहोस्