चर्चित लाेकदाेहाेरी गायिका टिका सानू , शान्ति श्री परियार, निशान्त बिके र सन्दिप सेञ्चुरीकाे आवाजमा लाेकदाेहाेरी गीत ‘माया साटेर’ सार्वजनिक भएकाे छ । गीतमा विक्रम बाबु विश्वकर्माले शब्द सृजना गरेका छन् भने संगीत निशान्त बिकेले गरेका हुन् ।
माया प्रेमकाे विषय केन्द्रित गीतमा प्रेम जाेडीले एकले अर्काेलाई माया साटेर डाँडै काटेर लैजान अनुराेध गर्दै गरेकाे संवाद प्रस्तुत गरिएकाे छ । लाेकप्रिय गायिका शान्ति श्री परियार संगै अर्की चर्चित गायिका टिका सानुकाे संयुक्त आवाज रहेकाले पनि यस गीतलाई विशेष रुपमा हेरिएकाे छ ।
म्युजिक भिडियाेकाे निर्देशन रयान बस्यालले गरेका हुन । करण चैसियरले छायांकन गरेका भिडियाेकाे सम्पादन राजकुमार मगरले गरेका हुन् । म्युजिक भिडियाेमा रयान बस्याल, निशान्त बिके, सञ्चिता बाेलाखे र मनिषा सुनारकाे नृत्य रहेकाे छ ।
गीतकाे म्युजिक भिडियाे Tika Sanu Official YoTube Channel मार्फत सार्वजनिक गरिएकाे छ । गीतले सबैकाे मन जिताेस् हाम्राे तर्फबाट पनि शुभकामना ।