News Portal

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

फरकपोस्ट संवाददाताबैशाख २० काठमाडौं
१२५ पटक
बैशाख २० काठमाडौं

लुम्बिनी प्रदेशको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ ।मंगलबार लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको हो ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयले मंगलवार नै विज्ञप्ति जारी गर्दै हिउँदे अधिवेशन अन्त्य भएकाे जनाएको छ । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम वैशाख १९ गते मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको कार्यलयका सचिव प्रह्लाद पोखरेलले जानकारी दिए ।

दशौं बैठक बसेको लुम्बिनी प्रदेश सभामा यसबीच दुई पटक सरकार परिवर्तन भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्