News Portal

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, यी व्यक्ति बन्दैछन् मन्त्री

फरकपोस्ट संवाददाताजेठ ८ काठमाण्डाैं
२०७ पटक
जेठ ८ काठमाण्डाैं

सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका छन् । यस्तै माओवादीबाट पनि एक जना मन्त्री थप्ने कसरत चलिरहेको बताइएकाे छ । लुम्बिनी सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री सन्तोष पाण्डेयले आज विस्तार गरेर साँझ ४ बजेसम्म शपथ ग्रहण गराउने तयारी भएको जानकारी दिए ।

उनले भने, ‘मन्त्रीमण्डल विस्तार गरेर आजै ३ स् ४ बजेसम्म शपथग्रहण गराउने योजनामा मुख्यमन्त्रीज्यु हुनुहुन्छ ।’ शपथग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने छ । स्रोतका अनुसार दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्र केश गुप्ता मन्त्री बन्दैछन् । नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ ९१० बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ ९१० बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ ९२० बाट प्रदेशसभामा निर्वाचित भएका थिए । गुप्ता यसअघि सामाजिक विकास मन्त्री र अहिरचाहिँ कृषि मन्त्री बनेका थिए । खनालको भने नयाँ अनुभव हुने छ ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री छन् । आज नयाँ मन्त्रीहरू पनि नियुक्त गर्ने र विना विभागीय मन्त्रीहरूको पनि जिम्मेवारी तोक्ने तयारी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १४ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । यसैगरी विश्वासको मत १९ गते लिएका थिए । लुम्बिनी प्रदेशमा अहिले चौधरीले लाई ८ दलका ५३ जना सांसदको समर्थन रहेको छ ।

प्रतिकृया दिनुहोस्