News Portal

अथार मगरात कलाकार संघको भव्य कार्यक्रम हुँदै

फरकपोस्ट संवाददाताजेठ २० काठमाडौं
३७१ पटक
जेठ २० काठमाडौं

अथार मगरात कलाकार संघको आयोजनामा आज शनिवार विविध कार्यक्रम हुनेभएको छ ।

राष्ट्रिय गुरुङ परिषद नयाँ बसपार्क काठमाडौंमा ”अक्षय कोष समुद्घाटन, सम्मान तथा मौलीक सांस्कृतीक कार्यक्रम-२०८०” हुने आयोजकले बताएको छ ।

कार्यक्रममा संस्कृती,पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता रहने छ । कलाकारहरुलाई आइपर्ने समस्या, भईपरि आउने विपद, मौलिक कला संस्कृतिको संरक्षण,सम्बर्द्धन तथा समग्र कलाकारहरुको हकहितको निम्ति स्थापना हुन थालेको ‘अक्षय कोष’ लगायतका कार्यक्रमको समुद्घाटन प्रमुख संस्कति मन्त्री किराँतीले गर्नेछन् ।

अथार मगरात क्षेत्रबाट विभिन्न सरकारी स्तरमा कार्यरत शाखा अधिकृतदेखि माथिका निजामती कर्मचारीहरु, मगर समुदायको लोक कला संस्कृत, मौलिक पहिचान र भेषभुषालाई उत्थान र पवर्द्धन गर्ने अग्रज कलाकार तथा श्रष्टाहरु लगायत प्रतिनीधि सभा सदस्यमा अथार मगरात क्षेत्रलाई प्रतिनिधित्व गर्दै विजयी सांसद तथा पुर्वसांसदहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको कलाकार संघका अध्यक्ष किरणबाबु पुनले जानकारी दिएका छन् ।

कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुद्वारा मौलिक गीत तथा नृत्य समेत प्रस्तुत गरिने छ । २७ जनाको केन्द्रीय समिती रहेको अथार मगरात कलाकार संघले विभिन्न क्षेत्रमा समाजसेवा,वृहत मौलिक सांस्कृतिक कार्यक्रम देखि मगर समुदाय भित्रका कलाकारहरुको लागि आवाज बुलन्द गर्ने काम विगत देखि नै गर्दै आइरहेको छ ।

यसै अवसरमा संघका अध्यक्ष किरणबाबु पुनले कलाकार, पत्रकार, बुद्धिजीवी, व्यापारी, राजनितीज्ञ, समाजसेवी लगायत सम्पुर्ण दर्शक श्रोतालाई उपस्थितीको लागि अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्