फरकपोस्ट संवाददाताजेठ २९ काठमाडौं
जेठ २९ काठमाडौं लोकप्रिय गायक रामचन्द्र चन्दको ‘मौरी जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । गायक चन्द र गायिका टीका प्रसाइले गीतमा आवाज दिएका छन् ।
विक्रमबाबू बिश्वकर्माको शब्द तथा नन्दु परियारको संगीत रहेको गीतमा कृष्ण बिकले एरेन्ज गरेका छन् । गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो ।
गीतमा एक अर्कालाई प्रेम गर्ने प्रेमि जोडीको प्रेम कथालाई मूख्य विषयवस्तु बनाइएको छ ।
केही दिन अगाडि मात्र सार्वजनिक भएको गीतलाई सामाजिक संजालमा दर्शक श्रोताहरुले अत्यधिक रुचाईरहेका छन् ।
गीतको भिडियोमा अर्जुन सापकोटा,काव्य खड्का र गौरव हमालको अभिनय रहेको छ भने प्रविण थापाको निर्देशन रहेको छ । गीत गायक रामचन्द्र चन्दको अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको छ ।