फरकपोस्ट संवाददाताजेठ ३२ काठमाडौं

अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) जुठे सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालमा प्रतिबन्ध गरिएको सो एपबाट सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो ।
मरिचमान श्रेष्ठ बल्छी (धुर्वे) पनि वान एक्स बेटमा संलग्न रहेकाे भेटिएपछि अनुसन्धानका लागि अनुसन्धान टाेलीले पक्राउ गरेको प्रहरी स्रोतले बतायो । मरिचमानसहित ८ जना अहिले पक्राउ परेका छन् प्रहरीका एक अधिकारीले भने। यद्यपि, यसबारे प्रहरीले औपचारिक रुपमा जानकारी भने गराइसकेको छैन ।
प्रहरीकाअनुसार पक्राउ परेका ८ जनालाई अहिले सार्वजनिक नगरी थप अनुसन्धान गरिँदैछ ।