
दुबै खुट्टा गुमाएपछि जीवन सकिएजस्तो लागेको थियो, तर आँट गर्दा कठिन काम पनि गर्न सकिँदो रहेछ’:
आजभन्दा १३ बर्ष अगाडि प्युठानको जुम्रीकाँडामा जन्मिएका मिना खत्री शारिरिक रुपमा अशक्त छन ।
प्युठानको पुर्ण गाउँ अझै पनि विकट ठाँउका रुपमा चिनिन्छ । प्युठानको एक विकट गाउँमा एक विपन्न परिवारमा उनको जन्म भयो । उनको बाल्यकाल दुःखमा बित्यो ।
सानै उमेरमा धेरै संघर्ष गरे । विगत सम्झिँदै उनी भन्छन् – ‘खाली खुट्टा घर्सिदै स्कुल जान्थेँ । मनमा अनेकौ पिडा हुथ्यो तर मनलाई बलियो बनाए ।’
घरायसी समस्या भनौं वा बाध्यता,उनको उपचारमा निक्कै ढिलाइ भयो ।
प्यूठानबाट उनी पोखरा आए । अनी उनको उपचारको लागि भगवान बने राजेन्द्र पौडेल र किरण अधिकारी ।
कारीब १३ बर्ष देखी मिना खत्रीले दुवै खुट्टा गुमाएपछि केही बर्ष उनको बुवाले सबै समय उनको हेरचाह अनि उपचारमा बिताएका थिए ।
उनले जीवनमा विभिन्न जटिल कहालिलाग्दा, दर्दनाक परिस्थितिलाई झेल्दै र पार गर्दै अहिले उनले कृतिम खुट्टा पाएका छन् ।
‘मेरो विगत जति पनि छ, त्यसलाई मैले नकार्न मिल्दैन, उनी भन्छन्– ‘जुन विगतको हौसलाले मलाई मिना खत्री भनेर बाँच्न सिकायो ।