News Portal

स्वयं सेवा नेपालले बाड्यो बिपन्न बिद्यार्थीलाइ झोला तथा शैक्षिक सामाग्री

गन बहादुर पेस्तोलअसार १२ दाङ
११११ पटक
असार १२ दाङ

दुर्गम तथा पिछडिएका वर्ग, विपन्न परिवारका सामुदायिक बिधालय मा पढ्ने बिधार्थी हरु का लागि शैक्षिक सामग्री वितरण गर्दै आएको स्वयं सेवा नेपालले यस पटक दाङ जिल्लाको घोराही उपमहानगर नगरपालिका का केही वडा र केही स्कुल हरुमा झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ।

स्वयं सेवा नेपाल का अध्यक्ष तथा समाजसेवी राजिव गुरुङ र कोशाध्यक्ष बिशाल गुरुङ लगायतको टोलिले बिपन्न परिवारका बिद्यार्थी लाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो।
यो कार्यक्रम दाङ्मा ल्याउन बिगत ४ बर्ष देखि लागि परेको प्युठान मा जन्मिनु भएका डम्बर खडकाथोकिले ले बताउनु भयो।
डम्बर खड्काथोकिले यो सस्थाले नेपालका पिछडिएका बर्गहरुको लागि अतुलनीय काम गरेको भन्दै प्रसम्सा गर्नुभयो।

उहाले अब यो सस्थाले रोल्पा प्युठान रुकुम सल्यान लगायका दुर्गम गाउहरुमा पुगि शैक्षिक सामाग्री बितरण गरे बिद्यार्थीहरुमा शैक्षिक गुणस्तर बढ्ने बताउनु भयो। डम्बरले बिद्यार्थी लाई पढाइ सङ्गै सङ्गीत को पनि अति आवश्यक रहेको भन्दै स-साना बाबुनानिहरुलाइ बासुरिको मीठो धुन सुनाएर मनोरन्जन प्रदान गरेका गर्नुभएको थियो।

कार्यक्रम को सम्योजक तथा सहजिकरण रात्रि प्रा.बि पलासे का प्रध्यानाध्यापक चाम बहादुर बि.क र बासुरी बाधक डम्बर खड्काथोकले गर्नुभएको थियो।



प्रतिकृया दिनुहोस्