News Portal

एलिजा गाैतमले गरिन् राजनीति छाेडेकाे घोषणा

फेस्बुकमा एलिजाले लेखिन्- मेयर हर्कको कामबाट प्रभावित छु

फरकपोस्ट संवाददाताअसार २१ काठमाडौं
४२६ पटक
असार २१ काठमाडौं

नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एलिजा गौतमले राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । बिहीबार आफ्नो सामाजिक सञ्जाल फेस्बुकमार्फत उनले आफू अब समाज सेवामा सक्रिय हुने बताएकी छन् ।

पार्टी प्रवेश गरेको छोटो समयमै नागरिक उन्मुक्ति पार्टीले उनलाई गत चैतमा महिला विभाग प्रमुखको जिम्मेवारी दिएको थियो ।
उनले सक्रिय राजनितीबाट बिदा लिएको घोषणा गर्दै आफू धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको पनि फेस्बुकमा उल्लेख गरेकी छिन् ।

दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कको काम हेर्न एलिजाले अनुरोध पनि गरेकी छन् ।
‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाज सेवामा नै सक्रिय रहनेछन्’, एलिजाले मेयर हर्कसितकाे तस्वीरसहितकाे पाेस्टमा उनले लेखेकी छन् ।
एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । हाल उनी प्रदेश १ तिरकै यात्रामा रहेकी छिन् ।

उनले फेसबुकमा यस्ताे लेखेकी छन्ः

‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुसी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु । दलको सक्रिय राजनीति गर्नेहरूई एकचोटि धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।

प्रतिकृया दिनुहोस्