News Portal

झडपमा परी दैलेखमा एक जनाको मृत्यु

फरकपोस्ट संवाददाताकार्तिक १० काठमाडौँ
७६ पटक
कार्तिक १० काठमाडौँ

दैलेख — गएराति केही युवाहरूबीच भएको झडपमा दैलेखका एक जनाको मृत्यु भएको हो। भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा स्थानीय युवाबीच भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको छ ।

किशोरको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले बताउनु भएको छ ।

सुर्खेतबाट भैरवी गाउँपालिका–५ सैनचौरस्थित सुराली गएका थिए । मृत्युको कारणबारे भने अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्