News Portal

फैलिदो कोरोना संक्रमणका कारण स्वर्गद्वारी दर्शनमा रोक

फरकपोस्ट संवाददाताबैशाख १३, स्वर्गद्वारी
५०४ पटक
बैशाख १३, स्वर्गद्वारी

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र प्युठानले अर्को जानकारी नआएम्मका लागि स्वर्गद्वारी भित्रिने भक्तजन तथा पर्यटकहरु लाई दर्शनमा रोक लगाएको छ ।
फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै थप फैलिन नदिन उक्त निर्णय गरेको केन्द्रले जनाएको छ । आईतबार जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको बैठकले स्वर्गद्वारी आश्रममा नित्य पुजा बाहेक भक्तजन र पर्यटकलाई रोक लगाउने निर्णय भएको संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खिमराज
भुसालले जानकारी दिनुभयो ।

उहाका अनुसार बैठकले जिल्लाका नौ वटै स्थानीय तहमा ५ शैय्याको कोरोना अस्पताल संचालनमा ल्याउने, निर्माण ब्यबसायी र खेलकुद विकास समितीको भवनमा जिल्ला स्तरीय आईसोलेसन स्थापना गर्ने निर्णय गरेको छ ।

त्यस्तै, जिल्ला अस्पताल बिजुवारमा डेलिकेटेड स्वास्थ्यकर्मीको टोली खटाउने र अस्पतालमा डेलिकेटेड शव बहान तथा एम्बुलेन्सको समेत व्यबस्थापन गर्ने निर्णय पनि बैठकले गरेको भुसालले जानकारी दिनुभयो।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड कडाईका साथ कार्यान्वयन गर्न बैठकले आग्रह गरेको छ ।
जो कोही बाट स्वास्थ्य मापदण्डको उल्लघंन गरिए कानुन बमोजिम कारबाही सहित जरिवाना गरिने भुसालले बताउनुभयो । यसै बिच, आईतबार कार्यालय प्रमुखहरुको बैठक खलङ्गामा बसेको छ । बैठकले स्वास्थ्य मापडण्डको पालना गर्दै बिकास निर्माणका कार्यलाई अगाडि बढाउन निर्माण व्यवसायीहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्