News Portal

उपत्यका छाड्नेलाई दुई दिन समय

फरकपोस्ट संवाददाताबैशाख १३, काठमाडौं
३९१ पटक
बैशाख १३, काठमाडौं

सरकारले लकडाउन गर्नुपूर्व काठमाडौंमा काम विशेषले बस्ने नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं छोडेर बाहिर जान चाहाने हरुलाई कम्तीमा दुई दिनको समय दिइने बताए ।

दुई दिनसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु नहुने बताउँदै पराजुलीले भने, ‘एक हप्ता केही क्षेत्रलाई बन्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौं । बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसावले हामी एक दुई दिन टाइम दिनुपर्छ भन्ने मानसिकतामा छौं ।’

कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन गर्नेगरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको बैठकले माथिल्लो निकायमा सिफारिस गरिएको छ ।

प्रतिकृया दिनुहोस्