News Portal

व्यवसायी वनाउन लक्षित वर्गलाई सामाग्री हस्तान्तरण

फरकपोस्ट संवाददाताबैशाख १५, बुधबार
३६८ पटक
बैशाख १५, बुधबार

प्यूठान नगरपालीका प्यूठान भित्रका विपन्न, अपांगता भएका र एकल महिलालाई व्यवसायी वनाउन सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालीका भित्रका २० विपन्न परिवारलाई चालु आर्थिक वर्षमा नयाँ व्यवसाय सञ्चालनका लागि सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले वताउनु भयो।

चालु आर्थिक वर्षको लुम्विनी प्रदेश सरकारको विशेष अनुदान अन्तरगत स्वीकृत कार्यक्रम मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत २० परिवारलाई नयाँ व्यवसाय सञ्चालनका लागि सहयोग गर्न थालिएको हो । व्यवसायी वन्न चाहने प्रत्येकले विउ पुँजी स्वरुप २५ हजार वरावरको सामाग्री सहयोग प्राप्त गर्ने नगरप्रमुख कक्षपतीले वताउनु भयो ।

मंगलवार नगरपालीकावाट नगरप्रमुख अर्जुनकुमार कक्षपती, उपप्रमुख शान्ता आचार्य, प्रमुख प्रशासकिय अधिकृत यज्ञ वहादुर वुढाले सामाग्री हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख कक्षपतीले सामाग्रीहरुलाई विउ पुजीको रुपमा प्रयोग गरेर व्यवसाय वढाउन शुभकामना दिनुभयो । “आयआर्जनमा जोडिएर जिविकोपार्जन सहज गराउनका लागी सामाग्रीहरु नगरपालीकाले हस्तान्तरण गरेको हो। “यसवाट आफ्नो व्यवसाय वढाउँदै लैजानुहुनेछ।” कक्षपतीले भन्नुभयो। नगर उपप्रमुख शान्ता आचार्यले व्यवसायी वन्न चाहनेको माग र छनोटको आधारमा सम्वन्धित व्यवसायको सामाग्री हस्तान्तरण गरिएको वताउनु भयो।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमवाट चालु आर्थिक वर्षमा २० जना विपन्न नागरिकलाई मागको आधारमा व्यवसाय सञ्चालनको लागि सामाग्री हस्तान्तरण साथै दलित समुदायको परम्परागत पेशा संरक्षणका निम्ति परम्परागत व्यवसाय गरिरहेका ८ जना व्यवसायीहरुलाई सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। नयाँ व्यवसाय तर्फ किराना तथा खुद्रापसल, होटल पशुपालन लगायत छन् भने दलित समुदायको परम्परागत पेशा अन्तरगत जुत्तापसल, आरन व्यवसाय, पञ्चेवाजा व्यवसाय, मादल वनाउने व्यवसाय लगायतमा सहयोग गरिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत यज्ञ वहादुर बुढाले वताउनु भयो।

प्रतिकृया दिनुहोस्