News Portal

केपी ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि हुदै

फरकपोस्ट संवाददाताबैशाख ३०, काठमाडौं
३६१ पटक
बैशाख ३०, काठमाडौं

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । संसदमा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति कार्यालयले बहुमत सहितको नयाँ सरकार गठनको लागि आज बैशाख ३० साँझसम्म दाबी गर्ने अनुरोध गरेको थियोे तर कसैको पनि दाबी नपरेपछि केपी ओली पु:न प्रधानमन्त्रीमा नियुक्त भएका हुन ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ ।

प्रतिकृया दिनुहोस्