News Portal

नेकपा सचिवालय सदस्य सुदर्शन अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

फरकपोस्ट संवाददाताअसार २५, काठमाडौं
१०७८ पटक
असार २५, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लाई अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि सुदर्शनको स्वास्थ्यमा समस्या देखिएको थियो । मुटुमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

नक्खु कारागारमा रहेका ओलीको काठमाडौं बाँसबारीस्थित गंगालाल हृदय केन्द्रको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेका कारण सुदर्शनसहित दर्जनौं नेताहरु अझै जेल जीवन बिताइरहेका छन् ।

सुदर्शनलाई चैत १० गते काभ्रेबाट प्रहरीले गिरफ्तार गरेको थियो । नख्खुस्थित एनसेल कार्यालयमा वि-स्फोट गराएको अभियोगमा अदालतबाट सफाई पाइसकेका सुदर्शनलाई हात हतियार सम्बन्धी मुद्धामा अदालतले जेल पठाएको थियो ।
केही दिन अघि तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै नेकपा प्रवक्ता प्रकाण्ड र धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यथाशीघ्र सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराइसकेका छन् ।

प्रतिकृया दिनुहोस्