News Portal

स्वरुपराज आचार्यले गाएको पहिलो दोहोरी गीत “डाँडाघरे साइली ” लोकप्रिय बन्दै

गोविन्द अनेक असार २६, प्यूठान
२०२५ पटक
असार २६, प्यूठान

बिगत दुई दशक देखि नेपाली सुगम संगीत मार्फत लोकप्रियता हासिल गरिरहेका चर्चित गायक स्वरूपराज आचार्यले पहिलोपटक लोकदोहोरी गीत “डाँडाघरे साइली “ गाएका छन् । चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको संगीत, गीतकार कृष्ण केसीको शब्दमा र गायिका लक्ष्मी मल्ल संगको सहकार्यमा स्वरुपले पहिलो लोकदोहोरी गीत गाएका हुन । उनको गायन विधा नै सुगम संगीत भएकाले पनि उनको यस लोक दोहोरी गीतको गायनलाई विशेष र रोचक तरिकाले हेरिएको छ । गायक भएपछि सबैखाले गीत गाउन समक्षम हुनुपर्छ भन्ने बलियो उदाहरण स्वरुपले यो दोहोरी गीत मार्फत दिएका छन् ।

सुगम संगीतका हस्तिलाई दोहोरी गीत गाउन लगाउनु चुनाैती त थियोे नै तर मेरो अनुरोध स्वरुप दाइले स्वीकार गरिदिनु भयो र गाइपनि दिनुभयो फलस्वरूप राम्रो पनि भयो संगीतकार मल्लले फरकपोष्टलाई बताए ।

चर्चित एवम् व्यस्त संगीत संयोजक कृष्ण  बि. क. भान्जाको संगीत संयोजन रहेकोे गीतको रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियोमा गरिएको हो । गीतको अडियो सम्पादन (मिक्सिङ मास्टरिङ्ग) बरिस्ठ ध्वनि सम्पादक श्याम स्वेत रसाइलीले गरेका छन् भने रेकर्डिङ कमल थापा र किरण बि.क ले गरेका हुन । गीतको अडियो र भिडियो दुबै पक्षलाई पृथक तरिकाले प्रस्तुत गरिएको छ । मौलिकता बोकेको यस गीतको स्वर, शब्द,संगीतले पक्कै पनि आम दर्शक स्रोताको मन जित्नेनै छ ।

गीतको भिडियोमा माैलिक दृश्यलाई बढी जोड दिइएको छ । भिडियोमा गाउँमा हुने यथार्थ र माैलिक कथालाई मुख्य विषयवस्तुका रुपमा जोडिएको छ । निर्देशक देबेन्द्र बब्लुले म्युजिक भिडियो माैलिकता र सरलताको व्यापक प्रयोग बाट निमार्ण भएको बताए । कोरियोग्राफर माैसम हिमालीले त्यहीँ अनुसारको नृत्य स्टेपहरु राखेका छन । भिडियोमा संगीतकार श्रीकृष्ण बम मल्ल पनि देखिएका छन उनी संगै नायिका शील्पा पोख्रेल , प्रकाश सपुत ,करिश्मा ढकालको मुख्य भूमिका रहेको छ । म्युजिक भिडियोको छयांकन नबराज उप्रेतीले गरेका छन् भने सम्पादन दिनसन शाहले गरेका हुन ।
“डाँडाघरे साइली “ गीतको भिडियो आफ्नो मन युटुब च्यानल बाट बजारमा आएको छ । गीतले छोटो समयमै आम दर्शक स्रोताको मन जितेको छ । गीतले थप सफलता प्राप्त गरोस् हाम्रो तर्फबाट शुभकामना छ सबैलाई ।

भिडियोको हेर्नको लागी तलको लिंक क्लिक गर्नुहोस         

प्रतिकृया दिनुहोस्