News Portal

सन्तोष केसीको तीज गीत बुहारी लोकप्रिय बन्दै

गोविन्द अनेक असार २६, प्यूठान
७८७ पटक
असार २६, प्यूठान

दर्जनौं सुपरहिट सुगम संगीतका संगीतकार सन्तोष केसीले हरेक वर्ष समसामयिक सन्देशमुलक मौलिक तीज गीत बजारमा लिएर आउने गर्दछन । सदाको वर्ष झै यसपालि पनि लोकप्रिय संगीतकार केसीले मौलिक तीज गीत बजारमा ल्याएका छन् ।

“बुहारी” नामको सामाजिक कथामा आधारित गीत सन्तोषले सृजना गरेर दर्शक श्रोता समक्ष पेश गरे फलस्वरूप माया पनि अत्यधिक पाएका छन । गीतमा लोकप्रिय गायिका राधिका हमाल र शान्ति श्री परियार संगै सन्तोषको पनि स्वर रहेको छ । गाउँघरमा घट्ने यथार्थ घटनालाई मुख्य विषयवस्तु बनाएर सन्तोषले शब्द अनि संगीतमा उतारेका छन् । गीतमा मौलिकता संगै पृथकता रहेको श्रव्य दृश्यमा देख्न सकिन्छ ।

भिडियोमा बरिस्ठ कलाकार सन्तोष पन्त, हिउवाला गौतम, संगम भण्डारी ,किरण केसी, अन्जु महर्जन र रमेश केसीको उत्कृष्ट अभिनय रहेको छ ।

सासू बुहारीबीच हुने मनमुटाव एवं सामाजिक यथार्थको कथालाई भिडियोमा देखाइएको छ । भिडियोको निर्देशक प्रकाश भट्टले गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गीत सन्तोष केसीको अफिसियल युट्युब च्यान “सन्तोष केसी- एसएस डिजिटल” बाट रिलिज गरिएको छ ।

रिलिज भएको छोटो समयमै यस गीतलाई दर्शक स्रोताले निकै रुचाएका छन् । दर्शकको राम्रा राम्रा प्रतिक्रिया युट्युबको कमेन्ट् बक्समा देख्न सकिन्छ । गीत रिलिज भएको करिब ३ दिनको अवधीमै ४ लाख ३५ हजार भन्दा बढी पटक युट्युबमा हेरिएको छ भने युट्युबको म्युजिक ट्रेन्डिङ दुईमा समेत पर्न सफल भएको छ । गीत थप सफल बनोस् शुभकामना ।  भिडियो यहाँ छ !

प्रतिकृया दिनुहोस्