News Portal

श्रमजीवी पत्रकार संघको बैठक सम्पन्न : श्रमजीवीको पक्षमा लड्ने प्रतिबद्धता

फरकपोस्ट संवाददाताअसार २६, प्यूठान
४५९ पटक
असार २६, प्यूठान

श्रमजीवी–पत्रकार, संघ, नेपालको पहिलो बैठक सम्पन्न भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार एवं श्रमिकहरुको हकहित, पेशागत, भौतिक सामाजिक सुरक्षाका साथै पत्रकारहरु आफैंले सञ्चालन गरेका साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको हित र संरक्षणको लागि लड्ने प्रतिबद्धतासहित सहितको निर्णय बैठकले गरेको छ ।

संघका महासचिव धनन्जय बुढाले शनिबार एक प्रेस विज्ञप्ति मार्फत बैठकले लिएका निर्णयहरु सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा देशभर संगठन विस्तार गर्ने, कोभिड–१९ को दुबै महामारीमा रोजगार गुमाएका श्रमजीवीहरुको व्यवस्थापन गर्ने पहल गर्ने, जबर्जस्ती निष्काशन गर्ने, बेतलबी विदा राख्ने, बाँकी बक्यौता नदिने, निष्काशन गर्ने नियतले गरिने अनावश्यक सरुवालगायतका सञ्चार गृहहरुका हर्कत रोक्न अन्दोलन गर्ने लगायतका विषय निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघ आधिकारिक रुपमा गठन भएपछि पहिलोपटक असार २६ गते अध्यक्ष जन्मदेव जैसीको अध्यक्षता र अग्रज सल्लाहकारसहित सिंगो कार्यसमिति सम्मीलित बैठकले ठूला मिडिया भनिएका कर्पोरेट सञ्चार गृहहरुले सरकारलाई नै चुनौती दिने गरेर पत्रकार विरोधी कार्य गरिरहेको विषयले बढी चर्चा पाएकोे जनाइएको छ ।

अध्यक्ष जन्मदेव जैसीले आफूहरु सधै श्रमिक वर्गको हितमा अनवरत लड्दै आएको र त्यसलाई थप सशक्त बनाउन का निम्ति यो नयाँँ संगठनको निर्माण गरिएको प्रष्ट पारे । उपाध्यक्ष अमृत भादगाउँले लगायत पदाधीकारी र केन्द्रीय कार्यसमिति सदस्यहरुले कुनैपनि हालतमा श्रमजीजी पत्रकारहरुलाई आफूहरुले संरक्षण गर्नु पर्ने धारणा राखे ।

संघका सल्लाहकार बलराम थापाले राज्यको चौथो अंगका रूपमा रहेको सञ्चार जगत हाँक्ने सञ्चारकर्मीहरुको संगठन समाज परिवर्तनका निम्ति प्रतिबद्ध भएर लाग्नु पर्ने र श्रमजीवीहरुको हितमा लड्नेहरुलाई सधै आफ्नो साथ रहने बताए ।

अर्का सल्लाहकार नारायण शर्माले वर्तमान व्यवस्था श्रमजीवीहरुको नभएकाले सधै उनिहरुको हकमा लड्ने फराकिलो घेरासहित सो संघ चलेको खण्डमा धेरै सम्भावना रहने बताए । त्यसैगरी सल्लाहकार धर्मेन्द्र कुमार कर्णले आफू बर्षौदेखि श्रमजीवी पत्रकारकारुपमा कार्यगर्दै र मेडियामालिकहरुको गलत रबैयाविरुद्ध लड्दै आएको अनुभव बताउँदै अब आन्दोलन गर्नेहरु त्यतिमै सिमित रहे केही नहुने सुझाए ।

सल्लाहकार रेमबहादुर विश्वकर्माले श्रमजीवीहरुको पक्षमा लड्न नीतिगतरुपमा पनि बलियो आधार तयार गरेर अघि बढ्नु पर्ने सुझाब दिए । बैठकमा उपाध्यक्ष अमृत भादगाउँले लगायत अन्य पदाधिकारी तथा केन्दीय सद्रयहरूले महत्वपूर्ण धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्