News Portal

बादल समुहलाई झट्का : माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर

फरकपोस्ट संवाददाताअसार २७, प्यूठान
४४७ पटक
असार २७, प्यूठान

निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ ।

आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरिदिएको हो ।

आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको जानकारी गराएका छन्

प्रतिकृया दिनुहोस्