News Portal

कमरेड चुनावमा लाज नमानी आउनुहोला

विचार क. संघर्ष
६७७ पटक
क. संघर्ष

कमरेड चुनावमा लाज नमानी आउनुहोला
विडम्बना हामी माझ यस्तो छ !
हिजोको दिनमा बोलेका कमरेडका भासणले जनता तिनछक छन कमरेडहरुको आखामा रतन्धो त लागेन ?
जब साना देखि ठुलो सम्म गरिब देखि धनी सम्म क देखि त्र छोडेर सबै लाइ समानताको कुरा अनि समृद्धिको भासण अनि जनताको हितमा काम गर्ने भनेर आन्दोलनमा सहभागी बनाईएका हामी बिचरा नेपाली दाजुभाइ दिदीबहिनीहरु ! विचार, सिद्धान्त , आदर्श र अनुशासनको पाठ कता बिलायो ? कमरेडहरुले जवाफ दिनैपर्छ । यी विषयको उठान गर्दा त्र किन छुटाएको भनेर मेरो मनमा खुल्दुलीको जड बस्यो, यो स्वभाविक पनि हो । हिजो कमरेडको एक बोलीमा गोली थाप्ने हामी आज तिनै कमरेडको कारण हिजोको इतिहास बलिदान र त्याग प्रति पश्चाताप गरेर बस्नुपरेको छ । आन्दोलनमा कमरेडहरुले दिएको त्यो उर्जाशिल भाषण र आस्था मुख गन्हाएर बोलेझै लाग्छ तर यथार्थमा कमरेडले त्र लुकाउनु को अर्थ जनयुद्धमा घाइते अपाङ्ग र बेपत्ता सहिदहरुको बारे नबोल्न रहेछ ! हाम्रै हातले खनेका सुरुङ र लडिएको लडाइँ अनि त्यो मोर्चा खै ? के यो सब यहीँ लम्पसारको लागि नै हो त ? कुर्सी कै लागि हो त ? के कुर्सी पद र प्रतिष्ठा कै लागि गरिएको युद्ध थियो ? बारम्बार आक्रोशित बनेर प्रश्न गर्न मन लाग्छ आफैंले आफैंलाई ! रतन्धो लागेको हाम्रा कमरेड हरुका आखाले कति सजिलै हिजोका सुरुङ युद्ध र जनताको भावनाहरू भुल्न सकेका यहीँ हो जनता प्रतिको उत्तरदायित्व ? यहीँ हो राजनीतिक नैतिकता ? के आस राखौ हामी ? हिजोको रोल्पा आज कस्तो रोल्पा बन्यो वा बनाउनु भयो । १२ बर्षसम्मको लगातार आन्दोलनको बलले राज्यसत्तामा पुर्‍याएर मन्त्रीको ढोका खोलि दिएको रोल्पाले हो यो कुरा बिर्सनु कमरेड फेरि ठुलो मूल चुकाउनु पर्ला ! यत्रो काध थाप्ने रोल्पालाई उपेक्षा गर्दा अलिकति हिजोको दिन सम्झनु भएन, कति कठोर तपाईंको मन, अहिले पनि समग्र रोल्पाको अवस्थामा बिकराल छ । अब त लाग्न थाल्यो प्रिय कमरेडो आखाकामा पावरको चस्मा ले नि काम गर्न छाडेछ कि ? जनयुद्धकालमा हेर्ने आखामा आज किन बादल मडारियो कमरेड ? किन हजुरहरुको मन फेरिएको ? ओबाङ,तुसारपानि ,पन्चिकोट ,भलबाङ्ग हुदै थुम्पाकि सम्म हेर्ने आखा किन एउटै हुनसकेन कि हजुरहरुको याद आएन कमरेड ? अप्ठ्यारो परिस्थितिमा जनताको गाँस काटेर खाएर सेल्टर लिएको गाउँ, कतै हजुरहरुले हामीलाई दिएको भासण र प्रशिक्षणमा छुटाएको त्र यहि त होइन ? हिजो तपाईंहरुको निर्देशनमा हाम्रै हातले खन्न लगाएका सुरुङ ले हामीलाई विगतको झल्को दिइरहन्छ । हामी त यो निष्कर्षमा पुग्यो कमरेड अब जनता भुल्ने ठाउँमा पुग्नु भयो र त रोल्पाली जनताको मर्म, विचार, भावना बुझ्नु भएन ठिकै छ हजुरले नबुझे पनि हामी हजुरको मर्म बुझ्ने छौ किनकि हजुरले केही नगरे पनि भोट हामि दिइरहने छौ कमरेड चुनावमा लाज नमानी आउनु होला ।

प्रतिकृया दिनुहोस्